१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘नीरफूल’को ट्रेलर रिलिज

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ। २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको कोरोना लकडाउनका बेला हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन्। युट्युबमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ।

पटकथा लेखक समेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनलाई फिल्म ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए। ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो तर भत्किएका सम्बन्धहरूको पुनर्निर्माण अझै बाँकी छ,’ उनले विज्ञप्तिमार्फत भने, ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरूको सानो कथा हो।’

नेपाल-म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको समेत अभिनय रहेको छ।  

प्रकाशित: ३० वैशाख २०८० ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App