१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार तथा वरिष्ठ पत्रकार थपलियाको सत्ताको मान्छेको अन्तरक्रिया

पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको सत्ताको मान्छे कवितासंग्रहको अन्तरक्रिया गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती,साहित्यकार तथा पत्रकार पुरुषोत्तम दहाल,प्राज्ञ जगतप्रसाद उपाध्याय,प्राज्ञ हेमनाथ पौडेल,पूर्व मन्त्री देवि ओझा, लेखक गोपालप्रसाद थपलिया प्राध्यापक डा. सावित्री कक्षपती, सुशीला थपलिया, डा. हरिप्रसाद सिलवाल र पेरोल साहित्य प्रतिष्ठानको अध्यक्ष रेणुका भट्टराईले संयुक्त रूपमा ब्यानर पढेर कार्यक्रमको उदघाटन गरिएको थियो।

वैरागी जेठाले स्वागत मन्तव्य गरेर सुरु भएको कार्यक्रममा पुरुषोत्तम दहाल,देवि ओझा, प्राज्ञद्वय जगतप्रसाद उपाध्याय र हेमनाथ पौडेल लगायतले कृतिको चर्चापरिचर्चा तथा बधाई शुभकामना व्यक्त गरेका थिए।

साहित्यकार पत्रकार सरस्वती गौतमले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा अधिकांश वक्ताहरूले नेपाल प्रज्ञाप्रतिष्ठान जस्तो गरिमामय संस्थामाथि चौतर्फी आक्रमण भइरहेको र त्यसमा वर्तमान कार्य समिति बढी जिम्मेवार रहेको दुखेसो अधिकांश वक्ताले राखेका थिए।

गोपालप्रसाद थपलियाको ‘सत्ताको मान्छे’ माथिको समालोचना समालोचक प्राध्यापक डा. सावित्री कक्षपती र डा. हरिप्रसाद सिलवालले बृहत रूपमा प्रस्तुत गरेका थिए।

सत्ता नपाउन्जेल आकाशको तारा छार्छु भन्नेहरूले सत्तामा पुगेपछि विगत बिर्सेका उद्धरणहरू समेत पेश गर्दै सत्ताको मान्छे कृतिको समालोचना प्रस्तुत गर्दै न्याय गरेका थिए।

साहित्यकार तथा पत्रकार राजकुमार खड्गाले संचालन गरेकोे कार्यक्रममा सत्ताको मान्छे कविता कृतिका लेखकले आफूले देशमा परिवर्तनको निम्ति ठूलो योगदान गरेको तर सत्तामा पुगेकाहरूले आफ्नो त्यो योगदान लत्याएको गुनासो समेत गरे। आफूले पत्रकारिताबाट देशमा लोकतन्त्र ल्याउन धेरै संघर्ष गरेको र त्यसैबाट साहित्य जोड्दै जाँदा कृति जन्मिएको र अरू थप कृतिको समेत तयारी रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले  सत्ताको मान्छे कविता कृति आफैमा सफल कृति रहेको र  गोपालप्रसाद थपलिया नेपाली पत्रकारिता इतिहासको एउटा जिउँदो खम्बा भएको बताए।

आयोजक संस्थाको समेत प्रशंसा गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाल प्रज्ञाप्रतिष्ठानले अघिल्लो आफ्नो कार्यकालमा भएका राम्रा कामको अस्तित्व नामेट गर्न वर्तमान प्रज्ञाप्रतिष्ठान समिति रहेकोे गुनासो र चिन्ता पनि गरेका थिए।

वर्तमान अवस्थामा सत्ताको मान्छे कविता कृति एउटा दर्शनको दस्तावेज समेत रहेको जोड दिए।

सम्पूर्ण वक्ताले गोपालप्रसाद थपलियाको स्वास्थ्य अवस्थाको चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

पेरोल साहित्य प्रतिष्ठान नेपालक अध्यक्ष रेणुका भट्टराईले मकालु प्रकाशन गृहले प्रकाशन गरेको महत्वपूर्ण कृति सत्ताको मान्छे कवितासंग्रहको अन्तरक्रिया तथा परिचर्चा कार्यक्रम गराउन पाएकोमा प्रकाशन संस्थालाई धन्यवाद समेत व्यक्त गरेकी थिइन्।

कार्यक्रमको सभापतित्व पेरोल साहित्य प्रतिष्ठान नेपालको अध्यक्ष रेणुका भट्टराईले गरेको कार्यक्रममा स्रष्टाहरूः पुष्कर लोहनी, प्राध्यापक डा. गोविन्द गुराइगाई, वैरागी जेठा, हरिप्रसाद सिलवाल, प्रकाश सिलवाल, नन्दबहादुर सुवेदी, प्रेमराज सुवेदी, युवराज सुवेदी, दिनेश शिवाकोटी, करूण अर्याल, खोलाघरे साहिंलो, राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, मणिराज सिंह, महेशप्रसाद रिजाल, सुरेश वैद्य, इन्द्रप्रसाद लामिछाने, पुष्कर लोहनी, छिन्नलता खत्री, सीता दाहाल, राकूम रिमाल, राजु निरौला, पुष्करराज भट्ट, गोपालकृष्ण खरेल, इन्दु पन्त, लक्ष्मी गुरागाईं, हरिकला उप्रेती, भीम उप्रेती, कृष्णकुमार लामिछाने, डा. गोविन्द गुरागाईं, राम मण्डल, पर्वत भट्टराई, घनश्याम पुडासैनी लगायतका साहित्यकारहरू उपस्थिति रहेको थियो।

प्रकाशित: ८ चैत्र २०७९ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App