coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नोबेल साकोसद्वारा कृति लोकार्पण एवं स्रष्टा सम्मान

नोबेल साकोस साहित्य संस्थाले रत्न पुस्तकालय बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण, पुस्तक विमर्श,स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी गरेको छ।

डा.दामोदर पुडासैनी किशोरको प्रमुख आतिथ्य र सरस्वती गौतम समृद्धिको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन राजनप्रसाद न्यौपाने र गीता अर्यालले गरेका थिए।

संस्थाका प्रमुख संरक्षक पुष्प रन्जित, कृतिकारद्वय इन्द्रकुमार श्रेष्ठ सरित र छवि वैरागी, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, प्राज्ञ चेतनाथ धमला, लोकमणि पौडेल, चन्द्रश्री कार्की, गोपीकृष्ण प्रसाई, विजयध्वज थापा, सुरेश वैध, सुशील रिजाल, गणेशबाबु अधिकारी, राजेन्द्र बज्राचार्य, मधुसुदनप्रसाद अधिकारी, दुर्गा अधिकारी, निर्मलरमण पराजुली, तिलक लुइँटेल, महेश रिजाल, मणिराज सिंह लगायत अतिथि भएको उक्त समारोहमा अतिथि स्वागत विद्या अनामिका तिवारीले गरेका थिए।

कार्यक्रममा इन्द्रकुमार श्रेष्ठ सरितका बाटुली,मेरी छोरी मान्या र जूनतारा तिन बालकृति लोकार्पण गरिएको थियो भने कृतिको समिक्षा ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए।

कार्यक्रममा स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरितले आफ्नो साहित्यिक यात्रा र विमोचित कृतिबारे बोलेका थिए।

त्यसैगरी कवि छवि वैरागी घिमिरेको किनारीकृत माइलीको विमर्श र पाठक प्रतिक्रिया पनि गरिएको छ। राजन न्यौपाने र लोकमणि पौडेलले कृतिबारे बोलेका थिए। उक्त कार्यक्रममा तिन दर्जन सर्जकले रचना वाचन गरेका थिए।

सोही कार्यक्रममा संस्थाले स्रष्टाहरूको सम्मान पनि गरेको थियो। सम्मानित हुने स्रष्टाहरूमा- इन्द्रकुमार श्रेष्ठ सरित्, संरक्षकहरू पुष्प रन्जित र डा. दामोदर पुडासैनी ,समीक्षक ज्ञाननिष्ठ ज्ञावली र लोकमणि पौडेल, कृतिकार छवि वैरागी घिमिरे तथा स्रस्टाहरू रोमा लम्साल, एमपि पाण्डे रहेका थिए।  

प्रकाशित: ६ चैत्र २०७९ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App