२१ फाल्गुन २०८० सोमबार
कला

अन्तर्वार्ता

लघुकथा

सुनिता निरौला पौडेल

‘ए भाइ, नठेल न। सबैको पालो आउँछ हौ।’ अन्तर्वार्ताका लागि लाइनमा उभिएकी एउटा महिलाले भनिन्।

अलिक अशक्त भएकाले उसलाई उभिन गाह्रो थियो।

पछाडि बस्ने भाइले त्यो अशक्त महिलालाई लाइनमा अगाडि बस्न देऊ भने।

‘अशक्त भएको सबल महिलाले नाटक गर्छन्। अगाडि बस्न पाइन्छ कि भनेर। म त दिन्नँ।

‘हेर, म त अवश्य अन्तर्वार्तामा सफल हुन्छु भन्ने विश्वास छ।’

गर्वले उनलाई अगाडि लाइनमा बस्न दिएन।

‘त्यो अशक्त महिलालाई उभिन अलिक गाह्रो भयो।’

पछाडि बस्ने भाइले अनुरोध गर्‍यो, ‘दिदी,गाह्रो भयो भने ऊ त्यहाँ गएर बस्नु,मलाई तपाईंको फोन नम्बर दिनु। म बोलाउँछु।’

‘म फ्रेस भएर आउँछु भाइ, अलिक गाह्रो भयो’ भनी ऊ बाहिर निस्की।

अन्तर्वार्तामा बोलाउने भाइले उसलाई भन्यो,‘भाइ, तिम्रो पालो आयो,जाऊ।’

उसले भने, ‘मेरो छेउमा बसेको महिला अशक्त छन्। अहिले फ्रेस हुन बाथरुम गएकाले ५ मिनेट पर्ख न।’

‘ल ठिक छ। पाँच मिनेटमा नआए म नाम बोलाउन थाल्छु।’

एकछिनपछि भित्रबाट त्यो अघि लाइनमा बस्ने अशक्त महिला बाहिर आएर भनिन्,‘आजको अन्तर्वार्ता सकियो।’

अगाडिको  लाइनमा बस्ने भाइ छक्क पर्‍यो,‘अरे तपाईं त अघिको अशक्त महिला...!’

‘हो, म त्यही अशक्त महिला हुँ!’

‘हामी महिलालाई आदर, सम्मान र इज्जत गर्छौं।’

‘भाइ,प्लिज तिमी स्यालेक्ट भएनौ।’

‘नारी सम्मान हो,कोइ सामान र अपमान होइन।’  

प्रकाशित: २ चैत्र २०७९ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App