१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गीतकार संघको अध्यक्षमा वसन्त वित्यासी थापा

गीतकार संघको अध्यक्षमा वसन्त वित्यासी थापा निर्वाचित भएका छन्। गीतकार संघको छैटौं अधिवेशन तथा तेह्रौं साधारणसभाबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई ‘शिव’, सचिवमा शित्तल कादम्बिनी र कोषाध्यक्षमा चेतन खतिवडा निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा कमल पौडेल, राधा पाण्डे गिरी, जीवन मुकारुङ, भगवती रोक्का ‘भूमिका’, तिब्बतबहादुर दर्लामी र सुरेन्द्र थपलिया निर्वाचित भएका छन्।

उपाध्यक्ष र महासचिव पदबाहेक अन्य सबै सदस्य निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्षमा विपिन किरण र महासचिवमा महेश आचार्यले उम्मेदवारी दिएका थिए।

गीतकार संघको अध्यक्षमा निर्वाचित थापाले आफूले ऐतिहासिक जिम्मेवारी पाएको भन्दै अग्रज तथा अनुज गीतकारहरूले आफूमाथि गरेको भरोसा पूरा गर्ने प्रतिबद्धता जनाए।

थापाले ‘कसको आँखा लाग्यो बरै मेरो खुशीमाथि’, ‘रित्तो सडकमा खोज्छु तिमीलाई आँखाभरि’, ‘पहिलो भेटको चिनाजानी भयो मिठो कुराकानी’, ‘बिन्ती आलो मेरो घाउमा नुनचुक नछरिदेऊ’, ‘कहिले मायालाई दिनैले ढाँट्यो कहिले रातैले’, ‘हिजोआज गाउँभरि हल्ला छ तिम्रो मेरो बिहे हुने बाउआमाको सल्ला छ’, ‘बिरानो भो परदेशीलाई पराईको गाउँ’, ‘हिंड्दा कहिले ठेस लाग्छ’ जस्ता दर्जनौ मर्मस्पर्शी गीत प्रस्तुत गरेका छन्। 

प्रकाशित: ४ माघ २०७९ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App