१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठानको भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको छ। भेलाले संस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ।

यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा केसी रहेका छन्।

यसै गरी सदस्यहरूमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरी रहेका छन्। कार्यक्रममा ‘शिवपुरी सन्देश’ ९८ अंक पनि लोकार्पण गरिएको थियो।

प्रकाशित: ४ माघ २०७९ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App