२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे।

पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए। ‘एउटा लेखक २/४ वर्ष साथीहरूको सर्कलबाट काटिन्छ। ऊ भीड छाडेर एकान्तको खोजीमा भौंतारिन्छ। तर होहल्ला मच्चाइरहको आफ्नो मस्तिष्कले आजित हुन्छ। एउटा लेखक वर्षौंसम्म पात्रहरू बोकेर किन हिँडिरहन्छ?’

बुद्धिसागरले थपे, ‘उत्तर धेरै भए पनि एउटा कुरा पक्का हो, ऊ उस्तै तर अरूभन्दा अलिकति फरक, अरूभन्दा अलिकति भिन्न कथा भन्न चाहन्छ। खोज्न चाहन्छ ती मानिस, जो उस्तै सोच र नजरिया राख्छन्।

मैले पहिले कतै भनेको छु, संसारमा उस्तै अनुहार भएको अर्को मानिस खोज्ने एप आइसकेका छन्। तर पुस्तक मात्र एउटा यस्तो एप हो, जसले उस्तै भावना भएको अर्को मानिसलाई खोज्न सक्छ।’

प्रकाशित: २ पुस २०७९ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App