९ वैशाख २०८२ मंगलबार
image/svg+xml २३:० अपराह्न
कला

प्रचण्ड भेट्न पुगे बलिउड अभिनेता विवेक ओबराय

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।

उनीहरु खुमलटार पुगेको प्रचण्डको छोरि गङगा दाहालले आफ्नो आधिकारीक फेसबुक मार्फत जानकारी गराएकी हुन्। उनीहरुको भेटमा गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल र छोरी गङगा दाहाल पनि उपस्थित थिइन्।  

भारतीय अभिनेता विवेक ओबराय आफ्नो परिवार सहित बुधबार नेपाल भ्रमणमा आएका हुन्।  

प्रकाशित: २९ मंसिर २०७९ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App