१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

पद्मा-श्याम गोतामे स्रष्टा सम्मान प्रसिद्ध व्यंग्यकार पाँडेलाई

नेपाल स्रष्टा समाजले प्रसिद्ध हास्यव्यंग्यकार रामकुमार पाँडेलाई ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान’ प्रदान गरेको छ।

प्रसिद्ध हास्यव्यंग्यकार श्याम गोतामेको स्मृतिमा स्थापित सो सम्मान पहिलोपटक उनकै समकालीन हास्यव्यंग्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको हो।

सम्मानका संस्थापक तथा प्रमुख अतिथि गोतामे पत्नी पद्मा गौतमले हास्यव्यंग्यकार पाँडेलाई सम्मान-पत्र र २१ हजार नगद राशि प्रदान गरेकी थिइन्।

कार्यक्रममा व्यंग्यकार पाँडेले श्याम गोतामको लोभलाग्दो भाषिक क्षमता तथा उच्च व्यक्तित्वबारे संस्मरण सुनाएका थिए।

साहित्यकार शैलेन्द्र साकारले उचित व्यक्तिलाई सम्मान गरेको बताउँदै व्यंग्यशिल्पी गोतामेसँगको सम्बन्धको चर्चा गरेका थिए।

निबन्धकार श्याम गोतामेको निधनको भएको दिन २०५५ वैशाख १९ गते उनकै वैचारिक शुद्धता, निष्ठा र खरोपनालाई आफ्नो सृजन-पथ बनाउन २५ वर्षअघि सिस्नुपानी नेपालको स्थापना भएको थियो। गोतामेले मैथिली साहित्यका क्षेत्रमा पनि उल्लेख्य योगदान पुर्‍याएका थिए।

कार्यक्रममा अशेष मल्ल, विधान आचार्य, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, देविका तिमिल्सिना, गोतामे पुत्री नीरा गौतम जस्ता दिग्गज व्यक्तित्वले मन्तव्य प्रस्तुत गरेका थिए।

रञ्जना निरौलाले चलाएको उक्त कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न भएको थियो।  

प्रकाशित: २९ मंसिर २०७९ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App