२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

सुर्खेत–२ को समानुपातिकतर्फ रास्वपा पहिलो

सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।

निर्वाचन आयोग नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार समानुपातिकतर्फ रास्वपाले ३३ हजार ६९९ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले १४ हजार ३२० मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।

समानुपातिकतर्फ नेकपा (एमाले)ले १२ हजार ६२, नेपाली कम्युनिष्ट पार्टीले चार हजार २८९, श्रम संस्कृति पार्टीले दुई हजार २७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १२५ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए।

एक लाख २८ हजार ४६७ कूल मतदाता रहेको उक्त क्षेत्रमा ७३ हजार ११३ मत खसेको थियो । ७० हजार ४४२ मत सदर हुँदा दुई हजार ६७१ मत बदर भएको र समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरूले भाग लिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।  

प्रकाशित: २४ फाल्गुन २०८२ १९:३३ आइतबार