२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ ४ मा रास्वपाको अग्रता

मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन्। राजवंशी ३ हजार ८५८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे दोस्रो स्थानमा छन्। उनले हालसम्म ६९५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमनलाल मोदी ६७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

एमालेका जीवन घिमिरे चौथो स्थानमा छन्। उनले ४१३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App