४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

जुम्ला १ मा रास्वपा पाचौं स्थानमा, ज्ञान बहादुर शाहीको अग्रता

कर्णाली प्रदेशको जुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञान बहादुर शाहीले अग्रता कायम गरेका छन्।  पछिल्लो मतगणना अनुसार उनले १२ हजार १८७ मत प्राप्त गरेका छन्। 

यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी विनिता कठायत भने पाँचौँ स्थानमा पुगेकी छन्। उनले अहिलेसम्म ३२९ मत मात्र प्राप्त गरेकी छन्। कठायत यसअघि रास्वपाबाट समानुपातिक मार्फत प्रतिनिधि सभामा सांसद बनेकी थिइन्।

 यसपटक भने उनले प्रत्यक्ष निर्वाचनमार्फत जुम्ला–१ बाट प्रतिस्पर्धा गरेकी हुन्।  तर देशभर रास्वपाको समर्थन बढ्दै गर्दा  जुम्लामा भने अपेक्षित मत प्राप्त भएको छैन ।  

प्रकाशित: २३ फाल्गुन २०८२ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App