कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेलले अग्रता लिएका छन्। कास्की क्षेत्र नम्बर २ मा हालसम्म ९ हजार ५ सय ५ मत गणना गर्दा रास्वपाका उम्मेदवार उत्तम पौडेलले ५ हजार १ सय ७० मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।
उनलाई नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले २ हजार १ सय ५३ मत प्राप्त गरेर पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोला मधुले १ हजार ७५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार हेमबहादुर थापाले ३९३ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:३६ शुक्रबार





