प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा अग्रता कायम गरेको छ। शुक्रबार मतगणना सुरु भएका विभिन्न क्षेत्र रास्वपाले करिब ३२ स्थानमा अग्रता कायम गरेको प्रारम्भिक विवरणमा देखिएको छ।
रवि लामिछाने चितवन जिल्ला क्षेत्र नम्बर २ मा अग्रता लिइरहेका छन् भने बालेन शाह झापा जिल्ला क्षेत्र नम्बर ५ मा अगाडि रहेका छन्।
त्यसैगरी काठमाडौंका विभिन्न क्षेत्रमा पनि रास्वपा उम्मेदवारहरूले अग्रता बनाएका छन्। रञ्जु न्यौपानेले काठमाडौं १, पुकार बम काठमाडौं–४, सस्मित पोखरेलले काठमाडौं–५ , गणेश पराजुली काठमाडौं–७, विराज भक्त श्रेष्ठ काठमाडौं–८ र प्रदीप विष्ट काठमाडौं–१० अगाडि छन्।
उपत्यकाबाहिर पनि रास्वपाका उम्मेदवारहरू विभिन्न क्षेत्रमा अघि देखिएका छन्। आशा झाले मोरङ–५, गणेश पौडेलले रौतहट–४, सोविता गौतमले चितवन–३, उत्तम प्रसाद पौडेल कास्की–२ र दीपकराज बोहराले कञ्चनपुर–२ लगायतका उम्मेदवारले पनि अग्रता कायम गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०८:५५ शुक्रबार





