२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।  

क्षेत्र नम्बर–१ मा रास्वपा का रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत पाएका छन्।

त्यसैगरी, क्षेत्र नं. २ मा रास्वपाकै राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App