३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

समानुपातिक मतगणना ८० लाख नाघ्यो: रास्वपाको अग्रता जारी, कुन दलको स्थिति कस्तो छ?

प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फको मतगणना ८० लाख ६१ हजार ९ सय ३८ पुगेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रतालाई अझै फराकिलो बनाउँदै लगेको छ।

पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३८ लाख ८३ हजार १६६ मतका साथ शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख १२ हजार ९५९ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ११ लाख १३ हजार ४३५ मत पाएको छ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७३ हजार ४८ मत कटाएको छ। यसै गरी, पाँचौँ स्थानका लागि नयाँ र पुराना शक्तिबिच रोचक प्रतिस्पर्धा देखिएको छ। श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ९८४ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पछि पारेको छ। राप्रपाले हालसम्म २ लाख ७० हजार ७९० मत पाएको छ।

अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपालले १ लाख १९ हजार ३९२ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १२ हजार २६२ मत प्राप्त गरेका छन्।

प्रकाशित: २५ फाल्गुन २०८२ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App