बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन पछि शुक्रबार बिहानदेखि भएको मतगणनामा पछिल्लो प्रारम्भिक नजितामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) देशका ९ निर्वाचन क्षेत्रमा अग्रस्थानमा आएको छ।
निर्वाचन आयोगबाट प्राप्त प्रारम्भिक मतपरिणामअनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवारहरूले अग्रता कायम गरेका हुन्।
कोशी प्रदेशका तीन क्षेत्रमा अग्रता
कोशी प्रदेशको निर्वाचन क्षेत्र नम्बर नम्बर १ मा भानुभक्त ढकालले ४ हजार २६३ मत सहित अग्रता प्राप्त गरेका छन् । उनी एमालेका प्रभावशाली नेतामध्ये एक मानिन्छन् । त्यस्तैगरी धनकुटा निर्वाचन क्षेत्र नम्बर १ मा राजेन्द्र कुमार राई ५१४ मत सहित अग्रता कायम गरेका छन् । त्यस्तै इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले सुरुवाती अग्रता लिएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर २ मा तिल बहादुर महत क्षेत्री ३७१ मत सहित अग्रता कायम गरेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका दुई क्षेत्रमा एमाले उम्मेदवारले अग्रता बनाएका छन्। जसमा रूपन्देही क्षेत्र नम्बर ४ मा प्रमोद कुमार यादव ६ हजार ३४३ मत प्राप्त गरेका छन् भने बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इश्तियाक राई ५ हजार ९५२ मत सहित अग्रता कायम गरेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पनि एमाले उम्मेदवारहरूले प्रारम्भिक अग्रता कायम गरेका छन्। दैलेख क्षेत्र नम्बर २ मा लक्ष्मी प्रसाद पोखरेल ६४० मत सहित अग्र स्थानमा छन् भने सुर्खेत २ मा कुलमणि देवकोटा १ हजार ४९१ मतमा अग्रता कायम गरेका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको डोटी निर्वाचन क्षेत्र नम्बर क्षेत्र नम्बर १ मा दीपक बहादुर धामी ३९५ मत सहित अग्र स्थानमा छन।
निर्वाचन आयोगका अनुसार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना क्रमशः अघि बढिरहेको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ १५:५६ शुक्रबार





