काठमाडौं-१ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत भएको छ।
१० प्रतिशतभन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुने प्रावधान अनुसार उनीहरुको धरौती जफत भएको हो।
काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी भएकी छन् । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । काठमाडौं १ मा कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए ।
एमालेका उम्मेदवार मोहनारज रेग्मीले ३ हजार ९७२ र नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३१५ मत मात्रै ल्याएकी छिन् ।
निर्वाचन ऐनको परिच्छेद १० को विविध खण्डअन्तर्गत दफा ६४ मा पहिलो निर्वाचित हुने प्रणालीअनुसार जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। सो व्यवस्था अनुसार काठमाडौं १ मा एमाले र नेकपाका उम्मेदवारको धरौटी जफत हुने भएको हो।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:२८ शुक्रबार





