संखुवासभामा मतपेटिका संकलन भइरहेकाे छ। संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाकाे अनुसार आज दिनभर मतपेटिका संकलन हुने भएकाे छ। जिल्लामा १६४ मतदान केन्द्र छन्। जसमध्ये १५५ मतदान केन्द्रकाे मतपेटिका संकलन भएकाे छ। बाँकी ९ मतदान केन्द्रकाे मतपेटिकाकाे संकलन हुन बाँकी छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:२९ शुक्रबार





