नेकपा (एमाले) केन्द्रीय सदस्य डा.विन्दा पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा क्षेत्र नम्बर ५ मा धोका दिन सक्ने दाबी गरेकी छन् ।
नागरिक निर्वाचन विशेषमा कुरा गर्दै डा.पाण्डले काठमाडौं महानगरवासीलाई बीचमै छाड्न सक्ने मेयरले झापा ५ का मतदातालाई पनि अलपत्र पार्न सक्ने बताइन् । काठमाडौंका मतदाताले पाँच वर्षका लागि मेयरमा बालेन्द्रलाई मत दिएपनि उनले बीचमै छाडेर धोका दिएको डा.पाण्डेको भनाइ थियो ।
मेयर छाड्दै गर्दा काठमाडौंवासीलाई सम्बोधनसमेत नगरेको बताउँदै उनले झापा ५ का मतदातामा बालेन्द्रले जितेर प्रधानमन्त्री नै बनेपनि नछाड्ने ग्यारेन्टी नभएको शंशय कायम रहेको दाबी गरिन् ।
प्रकाशित: १९ माघ २०८२ १७:१३ सोमबार





