८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

५ हजार मत गणना गर्न बाँकी छँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन्। मेयरमा धनराज करीब ५ हजार मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन् भने उपमेयर गुरुङ विजय नजिक पुगेकी हुन्।

गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। जसमा मंगलबार विहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ। अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी छ। पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको हो।

अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६हजार ४ सय ७१ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गरेका छन्। उपमेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय ८६ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङपनि ५८ हजार ५ सय ८२ मत ल्याएर बिजय नजिक पुगेकी छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै बिजय नजिक पुगेकी हुन्।

गुरुङले ५ड हजार ५ सय ८२ मत प्राप्त गर्दा ५४ हजार ५ सय ४७ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन ९रञ्जु०ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन्।

प्रकाशित: १० जेष्ठ २०७९ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App