coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सुन्दरहरैँचा नगरपालिकामा एमालेका केदार गुरागाईं विजयी

सुन्दरहरैँचा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ। प्रमुखमा केदारप्रसाद गुरागाई र उपप्रमुखमा अकली चौधरी विजयी भएका हुन्।

गुरागाईंले निवर्तमान मेयर शिवप्रसाद ढकाललाई ७ सय २७ मतान्तरमा पराजित गर्दै विजयी भए। एमालेका गुरागाईंले २१ हजार ४ सय ५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी ढकालले २० हजार ६ सय ७८ मत प्राप्त गरे।  

त्यसैगरी, उपप्रमुखमा एमालेकी अकली चौधरीले नेकपा माओवादी केन्द्रका नवराज चापागाईलाई पराजित गरिन्। चौधरीले ११ हजार १ सय ५२ मतको  फराकिलो मतान्तरमा चापागाईंलाई पराजित गरेकी हुन्। २२ हजार ४ सय ५२ मत चौधरीले प्राप्त गरिन्। उनका निकटतम् प्रतिद्वन्द्वी चापागाईंले ११ हजार ३ मत प्राप्त गरे।  

त्यस्तै, नेकपा एमालेले वडा नम्बर ३, ५, ८, १०, ११ र १२ को वडाध्यक्ष जितेको छ। नेपाली काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ९ को वडाध्यक्ष जितेको छ। ७ नम्बर वडामा स्वतन्त्रले वडाध्यक्ष जितेको छ। मोरङका १७ वटै स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

प्रकाशित: ९ जेष्ठ २०७९ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App