५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

ताप्लेजुङकाे वडाध्यक्षमा महिला शून्य

ताप्लेजुङमा यसपटक कोहि पनि वडाध्यक्ष महिला निर्वाचित हुन सकेनन्। वडाध्यक्षका लािग तीन दलबाट चार जना महिला प्रतिस्पर्धी भएकोमा कोही पनि निर्वाचित हुन सकेनन्। 

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट दुई जना वडाध्यक्ष महिला निर्वाचित भएका थिए। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाबाट नेकपा एमालेकी कुमारी साउदेन वडाध्यक्षकी प्रतिश्पर्धी थिइन्। 

उनी आफ्ना प्रतिश्पर्धीबाट ४ मतान्तरले पराजित भइन्। यस्तै फुङ्लिङ वडा नं ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शुशिला लिम्बू र वडा नं ५ मा विष्णकुमारी राई वडाध्यक्षकारुपमा प्रतिस्पर्धी थिए। 

फुनपा वडा नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) की नेता कुमारी शिवा परियार वडाध्यक्षकी प्रतिश्पर्धी थिइन्। तर कोही पनि विजयी हुन सकेनन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा फुङ्लिङ ५ बाट एमालेकी भीमादेवी ओझा र सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामबाट एमालेकी उर्मिला थेबे वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: ८ जेष्ठ २०७९ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App