१९ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मोरङका १३ पालिकाको परिणाम:कांग्रेस ७ र एमाले ६ स्थानमा निर्वाचित

मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका १३ पालिकामध्ये ७ वटामा नेपाली कांग्रेस र ६ वटामा नेकपा एमालेका उम्मेदवार प्रमुखमा निर्वाचित भएका छन्।

 मोरङको कटहरी, जहदा, धनपालथान, बुढीगंगा, मिक्लाजुङ, ग्रामथान र रतुवामाई नगरपालिकाको प्रमुख/अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। यस्तै लेटाङ, केराबारी, उर्लाबारी, कानेपोखरी, सुनवर्षी र बेलबारीको प्रमुख/अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार ७ हजार ६ सय ५ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत ल्याए। यस्तै उपाध्यक्षमा एमालेकी गुणावती थारू ६ हजार १ सय २३ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी भुखनीकुमारी माझीले ५ हजार ४ सय ४८ मत ल्याइन्। ग्रामथान गाउँपालिकाको वडातर्फ एमालेले ५ वटा वडाको अध्यक्ष जित्न सफल भएको छ भने कांग्रेस र माओवादी केन्द्रले १–१ वडा जिते।

यस्तै मोरङको रतुवामाईमा पनि कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। रतुवामाई नगरपालिकाको मेयरमा नागेश्वरप्रसाद सिंह १३ हजार १ सय ३५ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २ सय ५२ मत ल्याए। रतुवामाईतर्फ ५ वटा वडामा एमाले, ३ वटामा कांग्रेस र एउटामा मओवादी कैन्द्र निर्वाचित भएको छ।

मोरङको कटहरीको अध्यक्षमा कांग्रेसका देवराज चौधरी निर्वाचित भएका छन्। उनले ६ हजार ५ सय ६५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सुभासकुमार गच्छदारले ५ हजार ६ सय ८२ मत ल्याए। कटहरीको उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भइन्। उनले ५ हजार ८ सय ४८ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी मञ्जिताकुमारी सरदारले ५ हजार ७ सय ५ मत ल्याइन्। मोरङको कटहरीमा कांग्रेस १ र जनता समाजवादी १ वटा वडाको अध्यक्षमा निर्वाचित भए भने एमाले उम्मेदवार ५ वटा वडाको अध्यक्षमा निर्वाचित भए।

यस्तै मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह ६ हजार ५ सय १ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जसपाका कैलाशप्रसाद मण्डलले ४ हजार ४८ मत ल्याए। उपप्रमुखमा कांग्रेसकी हन्ना सोरेन ५ हजार ५ सय ५५ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुलालीकुमारी महतोले ३ हजार ५ सय १२ मत ल्याइन्। वडातर्फ कांग्रेस ४ वटा, जसपा २ एमाले १ र एमाओवादी केन्द्र १ वटा वडामा विजयी भए।

मिक्लाजुङ गाउँपालिकामा कांग्रेसका बविकुमार राई विजयी भए। उनले ८ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ४ हजार ९ सय १६ मत ल्याए। मिक्लाजुङको उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल ५ हजार ६ सय २६ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेकी निर्मला राईले ५ हजार ४ सय ५५ मत ल्याइन्। मिक्लाजुङमा कांग्रेसले ४ वटा वडा, एमालेले २ वटा र माओवादी केन्द्रले १ वटा वडामा जित हासिल गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेस अध्यक्षका उम्मेदवार जितनारायण थापा मगर विजयी भएका छन्। उनले ८ हजार २ सय ९९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बलभद्र सरदार थारूले ७ हजार ८ सय ८० मत ल्याए। यस्तै उपमेयरमा कांग्रेसकै अमृताकुमारी गच्छदार विजयी भइन्। उनले ९ हजार ५० मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी तुलसीकुमारी कुँवरले ६ हजार २ सय २३ मत ल्याइन्। बुढीगंगाको वडाहरूमा कांग्रेस ५ वटा वडाध्यक्षमा विजयी भयो। यस्तै एउटामा एमाले र अर्कोमा माओवादी केन्द्रले विजय हांसिल गर्‍यो।

यस्तै मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्रकुमार लावती १० हजार २ सय २७ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १ सय ५ मत ल्याए। उपमेयरमा एमालेकी कृष्णकुमारी पोखरेल ९ हजार ४ सय ६० मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४ हजार ९ सय ५ मत ल्याए। लेटाङका ६ वटा वडामा एमाले र ३ वटा वडामा कांग्रेसका अध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन्।

यस्तै मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्गनाम ८ हजार ९ सय ७५ मत ल्याएर निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सञ्जय भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याए। उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारी ९ हजार ५ सय ५० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी मनकुमारी गुरुङले ७ हजार ८ सय १८ मत ल्याइन्।

कानेपोखरीका ५ वटा वडाको अध्यक्षमा एमाले र २ वटामा कांग्रेसले जित हासिल गरेको छ। केराबारी गाउँपालिकाको अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगरले जित हासिल गरे। उनले ७ हजार ८ सय १० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३ सय ९० मत ल्याए। उपाध्यक्षमा एमालेकी मनमाया मगरले ७ हजार २ सय ६७ मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याइन्।

केराबारीमा कांग्रेसले ३ वटा र एमालेले ७ वटा वडाको अध्यक्ष जित्न सफल भयो। मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेकै मिरादेवी दास केवरत ८ हजार ३ सय ३ मत ल्याउदै निर्वाचित भइन्। कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुवैमा जित हासिल गरेको थियो।

सुनवर्षीका वडाहरूमा कांग्रेस र एमालेले बराबर स्थान जितेका छन्। कांग्रेसले ४ वटा वडामा जित हासिल गरेको छ भने एमालेले पनि त्यति नै वटा वडामा जित हासिल गरेको छ। यस्तै नेकपा माओवादी कैन्द्रले १ स्थानमा जित हासिल गरेको छ। मोरङको उर्लाबारीमा एमालेका गंगाप्रसाद खरेल निर्वाचित भए। उनले १२ हजार १ सय ५६ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २ सय ९० मत ल्याए।

यस्तै उपप्रमुखमा १० हजार ७ सय २८ मत ल्याएर एमालेकी मीनाकुमारी खतिवडा निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत ल्याइन्। वडातर्फ ५ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेसले जित हासिल गरेको छ। मोरङको बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी भएका छन्। उनी १६ हजार ४ सय २२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका महेन्द्र सुवेदीले १५ हजार ६ सय २० मत ल्याए। यस्तै उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७ सय ३१ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी तिलकुमारी न्यौपानेले १३ हजार ६ सय ५ मत ल्याइन्।

मोरङको मतगणना भइरहेका ४ वटा पालिकामध्ये २ वटामा एमाले २ वटामा कांग्रेसले अग्रता कायम गरिरहेको छ। एमालेले रंगेली नगरपालिका, र पथरी शन्श्चिरे नगरपालिका अग्रता कायम गरिरहेको छ।

यस्तै कांग्रेसले सुन्दरहरैंचा र विराटनगर महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। २०७४ सालको स्थानीय तहमा मोरङका ९ वटामा कांग्रेस विजयी भएको थियो। एमालेले ५, माओवादी केन्द्रले १, तत्कालीन संघीय समाजवादी हाल जनता समाजवादीले १ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले १ स्थानमा जित हासिल गरेको थियो। मोरङमा मतगणना भइरहेका सबै स्थानीय तहमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ।

प्रकाशित: ७ जेष्ठ २०७९ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App