१९ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

शिवराज नगरपालिकामा राप्रापा र मायादेवी गाउँपालिकामा कांग्रेस

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा र मायादेवी गाउँपालिकामा काँग्रेसले जित निकालेको छ। राप्रपाले शिवराज नगरपालिकाको मेयर जितेको हो।

सबैलाई छक्क पार्दै अजय थापाले शिवराजको मेयरमा राप्रपाबाट जितेका हुन्। कांग्रेसबाट टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बनेका थापा मेयरमा निर्वाचित भएका हुन्। थापाले ४ सय ७४ मत अन्तरले चुनाव जितेका  हुन्। उनले कुल ७ हजार ६०२ मत पाएका हुन्। उनका निकटमत प्रतिस्पर्धी एमालेका माहदेव पोख्रेलले ७ हजार १२८ मत ल्याएका छन्।

यस्तै एमालेकी शिवकुमारी थारु ७ हजार ९५५ मत ल्याएर विजयी भएकी छिन्। उनी २०७४ मा समेत उप मेयरमा निर्वाचित भएकी थिइन्। काँग्रेसकी शारदा कार्की रायमाझीले ६ हजार १८५ मत ल्याएर दोस्रो भइन्। शिवराजसँगै राप्रापाले हल्दिवारी गाउँपालिका र काठमाडौंको शंकरापुर नगरपालिकामा जितेको छ। २०७४ सालको निर्वाचनमा शिवराजको मेयर र उपमेयर एमालेले जितेको थियो।

उता कपिलवस्तुको मायादेवी गाउँपालिकामा नेपाली काँग्रेस पार्टीका  अध्यक्ष  र उपाध्यक्ष उम्मेदवारले चुनाव जितेका छन्। काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार वलिउद्दिन मुसलमानले ५ हजार २ सय ७८ मत पाई चुनाव जिते। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार बजरंगीप्रसाद कुर्मीले ४ हजार ८ सय ८० मत पाए। कुर्मीले २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका थिए।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकी सरस्वती यादवले ५ हजार ३७ मत ल्याई चुनाव जितिन्। उनकी प्रतिस्पर्धी जसपाकी रश्मि सुधा त्रिपाठीले ४ हजार ५ सय ७८ मत प्राप्त गरिन्। मायादेवी  गाउँपालिकामा काँग्रेसले अध्यक्ष  र उपाध्यक्ष सहित १ वटा वडा जितेको छ। ८ वटा वडा रहेको गाउँपालिकामा जनता समाजवादीले ४ वटा  र नेकपा माओवादी केन्द्रका उम्मेदवारले  ३ वडा जितेका छन्। जिल्लाको १० पालिकामध्ये ५ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ। ५ मा मतगणना  जारी छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App