१६ चैत्र २०८० शुक्रबार
निर्वाचन विशेष

मतदाताले पत्याए महिला उम्मेदवारः सुनकोसीमा दिपा र फिक्कलमा पार्वती निर्वाचित

महिला उम्मेदवारलाई सिन्धुलीका दुई पालिकाका मतदाताले पत्याएका छन्। देशका अधिकांश स्थानमा दोर्‍याएको उम्मेदवारलाई मतदातालेनै भोट नदिएको अवस्थामा सिन्धुलीको सुनकोसी गाँउपालिका अध्यक्षका उम्मेदवारलाई दोस्रो पटक मतदाताले पत्याएका छन्।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा यहाँको सुनकोसी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच बर्ष स्थानिय सरकार चलाएर अनुभव बटुलेकी दिपा बोहोरा दाहाललाई सुनकोसीका मतदाताले पुन मत दिएर विजयी गराएका छन्।

गठबन्धनको तर्फबाट नेकपा माओवादी बाट उम्मेदवा बनेकी दाहाललाई मतदाताले पाँच हजार तीन सय ७६ मत दिएर विजयी बनाएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको रोमनराज गिरी(अशोक)ले पाँच हजार ९८ मत प्राप्त गरेका थिए। दाहालले नेकपा एमालेका गिरीलाई २ सय ७८ मतान्तरणले पराजित गर्दै दोस्रो पटक गाँउपालिका अध्यक्षमा निर्वाचित भएकी हुन्।

यसअघि २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा पनि सोही गाँउपालिकाको अध्यक्षमा दाहाल निर्वाचित भएकी थिइन्। यस्तै सिन्धुलीको फिक्कल गाँउपालिकामा गठबन्धनलाई हराएरनै महिला उम्मेदवार निर्वाचित भएकी छिन्। पाँच दलिय गठबन्धन सहित जित सुनिश्चित हुने दाबी गर्दै काँग्रेसको अध्यक्ष र माओवादीबाट उपाध्यक्ष हुने गरी भएको गठबन्धनलाई हराउदै नेकपा एमालेकी उम्मेदवार पार्वती सुनुवारले गाँउपालिका अध्यक्षमा जित हात पारेकी छिन्।

रोचक प्रतिस्पर्धाका बिच गठबन्धका उम्मेदवारलाई भन्दा मतदाताले पार्वतीलाई बढी मत दिएपछि उनले जितेकी थिइन्। गठबन्धनका दलहरुलाई झिनो मतान्तरणले हराउदै नेकपा एमालेबाट गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन्।

अध्यक्षमा नेकपा एमालेकी पार्वती सुनुवारले ४ हजार ६२ मत ल्याएर निर्वाचित भएकी छिन्। भने उनका निकटतमप्रतिद्धन्दी नेपाली काँग्रेसका नृतबहादुर भुजेलले ४ हजार १७ मत पाएका थिए। मत गणनाको सुरुवाती चरणमा काँग्रेसका भुजेल अगाडि रहेपनि अन्तिम चरणको मतगणनामा पार्वतीलाई मतदाताले साथ दिएका थिए।

पार्वती यसअघिको स्थानिय तहको निर्वाचनमा गाँउपालिका उपाध्यक्ष थिइन्।  एमालेको विरासतकै रुपमा रहेको फिक्कलमा एमालेको किल्ला तोड्न गठबन्धन एकजुट भएर लागेको भएपनि मतदाताले महिला उम्मेदवारलाई सहजै मत दिएपछि विरासत पार्वतीले यसपटक पनि कायम राखेकी छिन्। जिल्लाबाट नेतृत्व तहमा उम्मेदवारी दिएका दुई पालिकाकै अध्यक्ष पदका महिला उम्मेदवार निर्वाचित भएका छन्। 

दोहोर्‍याएर गाँउपालिका अध्यक्षमा उम्मेदवारी दिएका गोलञ्जोर गाँउपालिका अध्यक्ष पराजित भइरहदा सिन्धुलीको सनुकोसी गाँउपालिका अध्यक्ष दाहालले दोस्रो पटक मतदाताबाट मत पाएकी छिन्। यस्तै पाँच बर्ष उपाध्यक्ष चलाएकी पार्वतीलाई पनि मतदाताले रुचाएका छन्। दोस्रो पटक निर्वाचित भएकी सुनकोसी गाँउपालिकाकी अध्यक्ष दाहालले मतदाताले दिएको मत खेर जान नदिने बाचा गरिन्। 

यस्तै २० बर्षदेखिको कम्युनिष्ठको किल्ला भत्काउदै सिन्धुलकिो दुधौली नगरपालिका ३ मा नेपाली काँग्रेसकी एक महिला वडा अध्यक्षमा चुनिएकी छिन्। सिन्धुलीमा एकमात्र महिला वडाअध्यक्षकी रुपमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी भद्रा माझी वडाअध्यक्षमा सानदार मत सहित विजयी भएकी हुन्।

उनले ८ सय ६ मतका साथ विजयी भएकी थिइन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका किशुनलाल कुमरले  ५ सय ५७ मत प्राप्त गरेका थिए। निर्वाचित माझीले २ सय ५० मतको फराकिलो अन्र्तरले पुरै प्यानल सहित वडा अध्यक्षमा निर्वाचित बनेकी हुन्। वडा अध्यक्षमा निर्वाचित भएपछि २० आँै बर्षदेखिको कम्युनिष्ठको किल्ला अब भत्किएको बताइन्। कम्युनिष्ठले लामो समयदेखि शासन गर्दै आएको क्षेत्रमा सबैको साथ र सहयोगले काँग्रेसले विजयी प्राप्त गरेको छ, उनले भनिन् म जनताको न्याय र हक अधिकार स्वतन्त्रता कायम गर्नका लागि अध्यक्ष भएकी हुँ।

प्रकाशित: ५ जेष्ठ २०७९ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App