२२ वैशाख २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

पालुङटारमा हार्ने र जित्ने विजयी उत्सवमा सँगसँगै

पालुङटारमा बिजयी मेयर उपमेयरको साथमा पराजित कांग्रेसबाट मेयरका उम्मेदवार सँगै ¥यालीमा। तस्बिरः नागरिक

गोरखाको पालुङटार नगरपालिकामा हार्ने र जित्ने उम्मेदवार सँगसँगै विजयी र्‍यालीमा सहभागी भएका छन्। 

माओवादी केन्द्रबाट मेयरमा विजयी भएका बिवस चिन्तन र उपमेयरमा बिजयी बन्दना पाण्डेसँगै मेयरमा पराजित कांग्रेसका दिपकबाबु कंडेल पनि बिजयी  र्‍यालीमा सहभागी भएका हुन्। विजयी मेयर उपमेयरको बीचमा सँगसँगै अविरखादा लगाएर मतदातालाई हात हल्लाउँदै पूर्व मेयर समेत रहेका कंडेलले बजार परिक्रमा गरे। ‘चुनाव एउटा प्रक्रिया हो, जसले जितेपनि समृद्ध पालुङटार र सम्मानित पालुङटारबासी’ बनाउने प्रक्रियामा सँधै हामी सँगै छौं,’ उनले भने।

२०७४ को स्थानीय निर्वाचनमा मेयरमा विजयी कंडेल यसपटक तेस्रो हुनुपर्‍यो। मेयरमा विजयी बिवस चिन्तनले छ हजार ७२ मत ल्याए भने दोस्रो हुने जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गरे। कांग्रेसका कंडेलले चार हजार नौ सय ९७ मत प्राप्त गरे।  

प्रकाशित: ५ जेष्ठ २०७९ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App