२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

एमालेसँग तालमेल गर्दा गोरखामा जसपालाई घाटा

जसपाले बाबुरामको गृहनगर गुमायो

पालुङटारका मेयर र उपमेयर। तस्बिरः नागरिक

कांग्रेससँगको तालमेल नमिलेपछि सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पालुङटार नगरपालिकामा पराजित भएको छ। त्यहाँ माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बिवस चिन्तन बिजयी भएका छन् भने उपमेयरमा पनि सोही पार्टीबाट बन्दना पाण्डे बिजयी भएकि छिन्।  

मेयरमा बिजयी चिन्तनले ६ हजार ७२ मत ल्याए भने प्रतिद्वन्द्वी जसपाका प्रेम गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गरे। उपमेयर पाण्डेले पाँचहजार ५ सय ७९ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत प्राप्त गरिन्। जसपा र एमाले बीच चुनावी तालमेल हुँदा मेयरमा जसपा र उपमेयरमा एमालेले सघाउने सहमती भएको थियो। 

चुनावी तालमेल गरेका दुबै पार्टीका उम्मेदवार पराजित भए। यस अघिको स्थानीय तह निर्वाचनमा पालुङटार नगरपालिका नेपाली कांग्रेसले जितेको थियो।  

प्रकाशित: ५ जेष्ठ २०७९ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App