ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनकाे अग्रता कायमै रहेको छ।
दोस्रो कार्यकालका लागि मेयरमा भिडिरहेका चिरीबाबुले बिहीवार बिहानकाे मत परिणामअनुसार १५ हजार ३ सय ५८ मत ल्याएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७ हजार ९ सय ६१ मत मात्र प्राप्त गरेका छन्। ब्यञ्जनकारको मत संख्या चिरीबाबुको तुलनामा निकै थोरै संख्याले बढिरहेको छ ।
अघिल्लो स्थानिय निर्वाचन २०७४ मा चिरीबाबुले जसलाई झिनो मतले हराएका थिए अहिले पनि उनी तीनैसँग भिडिरहेका छन्। अहिले पनि ब्यञ्जनकार धेरै पछडि देखिन्छन्। मतगणना सुरु भएदेखिनै उनी पछिपछि छन्।
यसैगरी तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अष्टबहादुर महर्जन छन्। उनले १ सय २० मत मात्र प्राप्त गरेका छन्।
प्रकाशित: ५ जेष्ठ २०७९ ०२:३५ बिहीबार





