१६ चैत्र २०८० शुक्रबार
निर्वाचन विशेष

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी भएको छ। देवदहको प्रमुखमा एमालेका ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन्। एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ९४३ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३२३ मत ल्याएका थिए। खरेलले खत्रीलाइ पराजित गर्दै नगरप्रमुख जितेका हुन्। काँग्रेसका खत्रीले यसअघि मेयरमा जितेका थिए। २०७४ को स्थानीय निर्वाचनमा खत्रीले एमालेका टिकाराम चापागाँइलाइ पारजित गरी नगरप्रमुखमा निर्वाचित भएका थिए।  

देवदहको उपप्रमुखमा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। गुरुङले १३ हजार ७८४ मत ल्याइ विजयी भएकी हुन्। गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले जम्मा ७ हजार २९० मत ल्याएकी छन्। गुरुङले गिरीलाइ ६ हजार ४९४ मतान्तरले पाराजित गरेकी हुन्। देवदहमा ४८ हजार २९१ मत खसेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ १६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App