१५ चैत्र २०८० बिहीबार
निर्वाचन विशेष

रौतहट सदरमुकाम गौरमा जितकाे खुसीयालीमा दीप प्रज्ज्वलन

रौतहट सदरमुकाम गौरमा बुधबार साँझ दीप प्रज्ज्वलन गरी खुसीयाली मनाइएको छ। गौरबासीले शान्तिपूर्ण मतदानबाट नगरपालिकामा नयाँ नेतृत्व आएको खुसीयालीमा दीप प्रज्ज्वलन गरेका हुन्।

सदरमुकाम गौरको मुख्य बजारकाअधिकांश घरमा स्थानीयबासीले स्वतःस्फुर्त रुपमाआफ्नो घरअगाडि दीप प्रज्ज्वलन गरेका छन्। अत्यन्त शान्तिपूर्ण मतदान तथा मतगणना सम्पन्न भएपछि गौरबासीले खुसीयाली मनाउँदै मेयर शम्भु साहकानु तथा उपमेयर शैल कुमारीलाई बधाई दिएका छन्।

गौरका विक्रान्त विक्रम नेपालले शान्तिपूर्ण मतदान र मतगणना सम्पन्न गर्न तथा गराउन भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, उम्मेदवार तथा कर्मचारीको सम्मान र सबै बिजेतामा बधाई अर्पण गर्न गौरबासीले दीप प्रज्ज्वलन गरेको बताए।  

हिन्दु संस्कृतिमा कुनै धेरै महत्वपूर्ण कार्यको शुभाराम्भा दीप प्रज्ज्वलन गर्ने चलन रहेकोले नगरपालिकामा नयाँ नेतृत्व आएपछि अबको दिन शुभ होस् भन्ने मनसाय सर्वसाधारणले दीप प्रज्ज्वलन गरी अभिव्यक्त गरेको गौर बजारका दिनेश झाले बताए।

गौरबासीले पवित्र मनले दीप प्रज्ज्वलन गरी गौर नगरपालिका र नवनिर्वाचित पदाधिकारीप्रति देखाएको सद्भावले देशभर नयाँ सन्देश दिएको नवनिर्वाचित मेयर शम्भु साहकानुले प्रतिक्रिया दिए।

प्रकाशित: ४ जेष्ठ २०७९ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App