१५ चैत्र २०८० बिहीबार
निर्वाचन विशेष

इटहरी मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा चुनाबी नजिता अनुसार गठबन्धनका मेयरका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उपमेयरमा एमालेकी उम्मेदवारले अग्रता कामय गरेकी छन्।  

इटहरीमा  वडा नं. १, १९ र २० को मतगणना पूरा हुँदा र बाँकी छ वटा वडाको गणना चलिरहँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलले ११ हजार ३०० मत प्राप्त गरेका छन्। अहिलेसम्म मत गणना सकिएका वडा नं. १ र २० काँग्रेसको पकड भएको वडा हुन भने वडा नंं. १९ एमालेकै पकड भएको वडा हो। यी सवै वडामा पौडेलले अग्रता हासिल गरेका छन्।  

अझ इटहरीमा मेयर–उपमेयर निर्णय गर्ने वडा वडा नं. २, ४ र ५ हुन्। यी तीनवटा वडा बढी मतदाता हुनु र एमालेको पकड भएको वडा हुन्। मतगणना चलिरहेका यी तीनवटै वडामा एमालेका मेयरका उम्मेदवार याम सुब्बाभन्दा पौडेलले बढी मत ल्याइ रहेका छन्। वडा नं. ३, १७ र १८ को गणना चलिरहेको छ। वडा नं. ३ गणना गर्न अब थोरै मात्र मत बाँकी छ। 

गणना  सकिएका तीनवटा र गणना चलिरहेका छवटा वडाको मतको आधारमा एमालेका मेयरका उम्मेदवार नौ हजार १४४ मत प्राप्त गरेका छन्। सुब्बाले प्राप्त गरेको मतभन्दा पौडेल दुई हजार १५६ मतले अग्रता कायमै राखेका छन्। अब गणना बाँकी रहेका ११ वटा वडामध्ये २०७४ सालको निर्वाचनमा आठवटा वडा नेपाली काँग्रेसले जितेको पर्छन्। गणना गर्न बाँकी एमालेले जितेको तीनवटा वडा पर्छन्।  

इटहरी उपमहानगरपालिकाको उपमेयरमा भने एमालेका तर्फबाट संगीता चौधरीले अहिलेसम्म दस हजार २२६ मत ल्याएकी छन्।  गठबन्धनका उपमेयरका उम्मेदवार एकीकृत समाजवादीका केशवकुमार विष्टले छ हजार ८५० मत ल्याएका छन्। विष्टभन्दा चौधरीले तीन हजार ३७६ मतले अगाडि छीन्। एमाले मेयरका उम्मेदवारले प्राप्त गरेको मतसँग तुलना गर्दा उपमेयर चौधरीले एक हजार ८२ मत बढी प्राप्त गरेकी छन्। इटहरीमा यसपटक कुल एक लाख ४ हजार ६२६ मतदातामध्ये ७३ हजार ७३२ मत खसेको छ।  अहिलेसम्म इटहरीमा दुईवडा वडा १ र २० नेपाली काग्रेसले जितेको छ। वडा नं. १९ मा भने एमालेले जितेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App