१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

तुलसीपुर उपमहानगर: मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गठबन्धनले अग्रता सुरु गरेको छ। उपमेयरमा भने एमालेको अग्रता छ।

गठबन्धनका तर्फबाट मेयर उम्मेदवार काङ्ग्रेसका गेहेन्द्र गिरिले ४ सय ६२ मतका साथ अग्रता लिएका छन भने एमालेका टिकाराम खड्काले ४ सय ५४ मत प्राप्त गरेका छन्।

यसै गरी उपमेयरमा भने एमालेकी स्यानी चौधरी ले ४ सय ६१मतका साथ अग्रता लिएकी छिन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ३ सय ३५ मत प्राप्त गरेका छन्। अहिलेसम्म यो उपमहानगरमा १ हजार ५० मत गणना भएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App