१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौँ टोखा नगरपालिकाः एमालेका अधिकारी विजयी

काठमाडौ टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारीले नेपाली कांगेसकी उम्मेदवार रजनी थापालाई झिनो मतले पराजित गरेका छन्।  

एमालेका अधिकारीले थापालाई १ सय ७४ मतले पराजित गरेका हुन्। अधिकारीले १० हजार ३ सय ४० मत ल्याएका हुन भने थापाले १० हजार १ सय ७७ मत प्राप्त गरेकी हुन्।

उपमेयरमा भने नेपाली कांगेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन्।  तामाङले १० हजार १ सय ३२ मत प्राप्त गरेका थिए भने उनकी निकटतम प्रतिस्पर्धी डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App