२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

रुपन्देहीको कञ्चन गाँउपालिका अध्यक्षमा काँग्रेसका नवराज ढकाल विजयी

रुपन्देहीको कञ्चन गाँउपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज ढकालले ७ हजार ४९९ मत ल्याइ विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका दिनानाथ आचार्यले ६ हजार ६० मत ल्याएका थिए। ढकालले १४३९ मत अन्तरले जितेका हुन्।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी मौसमी थापा विजयी भएकी छन्। मौसमी रुख चिन्हबाटै चुनाव लडेकी थिइन्। उनले एमालेकी ओमकली राहाडीलाइ ६४६ मत अन्तरले पराजित गर्दै उपाध्यक्षमा जितेकी हुन्। थापाले ७६११ मत ल्याउँदा राहाडीले ५९६५ मत ल्याएकी छन्।

५ वटा वडा रहेको कञ्चनमा २,३ र ४ नम्बर वडा नेपाली काँग्रेसले जितेको छ भने १ र ५ एमालेले जितेको छ। यो गाँउपालिकामा २०७४ को चुनाव एमालेले जितेको थियो। रुपन्देहीमा १६ वटा पालिका मध्ये मंगलबार राती सम्म एउटा मात्रै पालिकाको मत गणना सकिएको हो।

प्रकाशित: ४ जेष्ठ २०७९ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App