२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सर्लाहीको बरहथवामा ८३ प्रतिशत पुनः मतदान

गत बैसाख ३० गते स्थगित भएको सर्लाहीको बरहथवा नगरपालिकामा मंगलवार पुनः मतदान भएको छ। पुनः मतदानमा स्थानीय मतदाताले निकै उत्साह देखाएका छन्।

सर्लाहीको बरहथवा नगरपालिका १७ मा रहेको आधारभूत विद्यालय परोरिया मतदान स्थलका दुई मतदान केन्द्र मंगलवार बिहान ७ बजेदेखि मतदान भएको छ। मतदानमा स्थानीयले निकै उत्साह देखाएका छन्।

साँझ ५ बजेसम्म दुवै मतदान केन्द्रमा गरी ८३ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। व्यापक मात्रामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उपस्थितिमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्। 

विवादका कारण गत शुक्रबार मतदान सुरु भएको केही घन्टामा नै स्थगित भएको थियो। जसपा नेपालबाहेक अन्य सबै दलले पुनः मतदानको माग गर्दै आएका थिए।मतदान सकिएपछि अब मतगणनाको तयारी भइरहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App