२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

कास्कीका चार गाँउपालिका मतगणना सम्पन्न: काँग्रेस र एमालेलाई २-२ गाँउपालिका

हारेकोमा जित जितेकोमा हार, रुपामा मात्रै दोहोरिए अध्यक्ष

स्थानीय तहकै निर्वाचन। पाँचवर्षकै अघिकै दोहोरिएका उम्मेदवार। नेकपा एमालेबाट विष्णुबहादुर केसी र नेपाली काँग्रेसबाट युवराज कुँवर फेरि एकपटक स्थानीय तहको निर्वाचनमा गाँउपालिकाको अध्यक्षको प्रत्यासी। पाँच वर्षअघिको नतिजा अहिले उल्टियो। केसी पाँच वर्षअघि कुँवरसँग पराजित भएका थिए। अहिले कुँवर केसीसँग पराजित हुन पुगे। पाँच वर्षअघिको र अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताले फरक पार्टीका उम्मेदवारलाई चयन गरे।  

कास्कीको अन्नपूर्ण गाँउपालिकामा नेपाली काँग्रेसका युवराज कुँवर विजयी भएका थिए। तर अहिलेको चुनावमा उनी काँग्रेसको तर्फबाट उम्मेदवार दोहोरिएपनि स्थानीय गाँउपालिकाका मतदाताले उनलाई पत्याएनन्। केसी अध्यक्षमा निर्वाचित भए। उनै केसी पाँच वर्षअघि युवराज कुँवरसँग गाँउपालिका अध्यक्ष प्रतिस्पर्धामा पराजित भएका थिए।  

मत परिणाम अनुसार अन्नपूर्ण गाँउपालिकामा नेकपा एमालेका विष्णुबहादुर केसीले युवराज कुँवरलाई ७ सय ६३ मतान्तरले पराजित गरे। केसीले ६७२२ मत पाउँदा युवराजको ५९५९ मत पाएका थिए। उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारी देवकोटाले ६ हजा ६०८ मत ल्याउँदै विजयी भईन्। काँग्रेसकी खेमकुमारी गुरुङले ६०१४ मत प्राप्त गरिन्। अन्नपूर्णमा काँग्रेसले आफनो मत गुमाउँदा मादीमा भने एमालेले आफनो मतलाई जोगाईराख्न सकेन्। कास्कीको रुपा गाँउपालिकामा अध्यक्ष नवराज ओझा मात्रै दोहोरिएका छन्। अन्य तीन गाँउपालिकामा भने नयाँ अनुहार आएका हुन्।  

उता कास्कीकै मादी गाँउपालिकामा पनि मतदाताले नेपाली काँग्रेसका उम्मेदवार देवीजंग गुरुङलाई जिताए। पाँचवर्ष अघि नेकपा एमालेलेका बेदबहादुर गुरुङ(श्याम) अध्यक्षमा निर्वाचित भएका थिए। तर अहिले मतदाताको मत फेरियो। मत फेरिदाँ नेपाली काँग्रेसका देवीजंगले पाँचवर्ष मादीको मुहार फेर्ने जिम्मेवारी पाएका हुन्। देवीजंगले ६ हजार ५सय ८४ पाउँदा नेकपा एमालेका शिव गुरुङ(महेन्द्र)ले ५ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङले ५ हजार ८ सय २८ मत पाउँदा गठबन्धनका लालबहादुर गुरुङ(हसियाँ हथौडा) ५ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। मादीमा उनी पाँचवर्ष अघि एमालेका बेदबहादुरसँग पराजित भएका थिए।  

माछापुच्छ्रे गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मीनबहादुर गुरुङ तथा उपाध्यक्ष सीता अधिकारी विजयी भएका हुन्। काँग्रेसका गुरुङले ७ हजार ७ सय ९९ मत ल्याउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। अधिकारीले ६ हजार ३ सय ७६ मतसहित जितेकी हुन्। रुपा गाँउपालिकामा ओझाले ५हजार ७ सय ४९ मत ल्याउँदै विजयी हुदाँ उनका प्रत्यासी नेपाली काँग्रेसीकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन्। उपाध्यक्षमा ा नेकपा एमालेकै लालसुब्बा गुरुङले ५ हजार ३ सय ९२ मत पाउँदा काँग्रेसका नारायण श्रेष्ठले ४ हजार १ सय ९३ मत प्राप्त गरेका थिए।

कास्कीका चार गाँउपालिकामा दुई काँग्रेस र दुई एमालेले जित्यो। जहाँ एमालेको पडक थियो त्यहाँ काँग्रेस र जहाँ काँग्रेस विजयी भएको थियो त्यहाँ एमालेले आफनो छाप छोड्न सफल भएको निर्वाचनको मतपरिणामले प्रष्टयाएको छ। पाँचवर्ष अघि नेकपा एमालेले कास्कीको मादी, रुपा र माछापुच्छ्रे गाँउपालिकामा एकलौटी बनाउँदा नेपाली काँग्रेसले अन्नपूर्णमा जित हासिल गर्दै इज्जत राखेका थिए।  

प्रकाशित: ३ जेष्ठ २०७९ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App