घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता फराकिलो पार्दै लगेको छ। गठबन्धनसंग एक्लै भिडेको एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १६ हजार ९ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
यसैगरी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले १३ हजार ७ सय ४४ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि एमालेको अग्रता छ।
एमालेकी हुमा डिसीले १६ हजार ३सय ७३ मतका साथ अग्रता लिईरहेकी छन् भने गठबन्धनकातर्फबाट उपमेयर उम्मेदवार कांग्रेसका भुपबहादुर डाँगीले १५ हजार ४ सय ६६ मत पाएका छन्। ७६ हजार बढी मत खसेको यो उपमहानगरमा अहिलेसम्म झण्डै ५० प्रतिशत मत गणना भएको छ।
प्रकाशित: ३ जेष्ठ २०७९ ०६:२२ मंगलबार





