२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हाँसिल गरेको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित अधिकांश वडामा माओवादीले जितेको हो।

गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन्। अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे। नेकपा एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए।

उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन्। उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन्।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो। यसपाली माओवादीले नतिजा उल्टाउदैँ अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ। नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ।  नेकपा एमालेले यसपाली पनि एक वडामा जित हासिल गरेको छ।

आँबुखैरेनी– १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे।

प्रकाशित: ३ जेष्ठ २०७९ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App