५ वैशाख २०८१ बुधबार
निर्वाचन विशेष

इटहरी उपहानगरपालिकाः गठबन्धनकाे अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उपमेयरमा एमालेकी उम्मेदवारले अग्रता लिएकी छन्।

आज बिहान  सार्वजनिक गरिएकोे चुनाबी नतिजा अनुसार मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले आठ हजार २३४ मत ल्याएका छन्। अहिले गणना भइरहेको वडा नं. २, ३, ४, ५, १९, १८ र १७ वडाको नतिजा अनुसार मेयरमा एमालेका यामकुमार सुब्बाले छ हजार ८१० मत ल्याएका छन्।

यसभन्दा अघिका निर्वाचनमा इटहरीमा मेयर र उपमेयरका छिनोफानो वडा नं. २, ४ र ५ बाट प्राप्त मतले निर्धारण गर्दै आएको थियो। मतदाता बढी भएको र एमालेको सवैभन्दा पकड बलियो भएको वडाको रुपमा चिनिन्छ। तर अहिलेसम्मको गणनामा कडा टक्कर भएकाले गर्दा मेयरमा गठबन्धनका हेमकर्ण पौडेललको सम्भावना बलियो छ।

यस्तै, उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरीले अग्रता कायमै गरेकी छन्। उनले  सात हजार ५६४ मत प्राप्त गरेकी छन्। अहिलेसम्मको नतिजा अनुसार उपमेयरमा पनि एमालेकी चौधरीको पक्कापक्की जस्तै छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशवकुमार विष्टले पाँच हजार १०४ मत ल्याएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App