१३ असार २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

वीरगन्जमा मेयर र उपमेयरमा गठबन्धन उम्मेदवार अगाडि

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह र उप मेयर उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम उल्लेखनीय मतले अगाडि छ।

एमाले लोसपा गठबन्धनका उम्मेदवार विजय कुमार सरावगीभन्दा ४ हजार १ सय ५० मतले जसपाका सिंह अगाडि छन्।

ताजा मतपरिणामअनुसार सतारूढ पाँच दलीय गठबन्धनबाट मेयर उम्मेदवार जसपाका सिंहले ७ हजार २ सय ४५ मत प्राप्त गरेका छन्। नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल  गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका विजयकुमार सरावगीले ३ हजार ९५ मत प्राप्त गरेर पछ्याउँदै छन्।

यस्तै, पाँच दलीय गठबन्धनकै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार आलमले ४ हजार ८ सय ८८ मत ल्याएका छन्। एमालेसंग स्थानीय स्तरमा गठबन्धन गरेको लोसपाका उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतमलाल झाले ७७३ मत प्राप्त गरेका छन्।

यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार रहेका गिरिश गिरिले २४३ मत मात्र प्राप्त गरेका छन्। राप्रपाकै उपमेयरमा बिना जैसवालले ३८१ मत प्राप्त गरेकी छन्।

उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले गुलाफ छापमा ५४६ मत प्राप्त गरेकी छन्। वडा नम्बर १,२,३,४,३०,३१ र ३२ को १४ हजार ४ सय ९६ मत गणना हुँदाको यो परिणाम हो।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App