२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

पोखरामा धनराजले थापासँगको मतान्तर हजार कटाए

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार १ सय ३६ पुर्‍याएका हुन्।

हालसम्म १९ हजार ५ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ७ सय ४९ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ४ सय ६७ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्। रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ४८० पुर्‍याएकी छन्। रानाभाटले ८ हजार ३ ७६ मत प्राप्त गरेकी छन्। भने एमालेकी गुरुङले ७ हजार ८ सय ९ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी रञ्जना सेनले ६ सय १७ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App