२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा एकभोट गठबन्धन विजयी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्धन्दी २ हजार ३ सय ८२ मत ल्याए। उनीहरु बीच ७ सय ३ मतको मत अन्तर रहेको छ।  

१ मतले जितिन् कृष्णकुमारीले  

सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया(बन्दना) १ मतान्तरले बिजयी भएकी छन्। कडरियाले २ हजार ३ सय ७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याए। माओवादी केन्द्रबाट अघिल्लो पटक सोहि पालिकाको उपाध्यक्षमा निर्वाचित भएका ताम्लिङ यसपटक स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए।

प्रकाशित: ३ जेष्ठ २०७९ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App