४ पुस २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

कांग्रेसले खोल्यो खाताः हेलम्बुमा दोहोरिए शेर्पा

स्थानीय तह निर्वाचनमा हेलम्बु गाउँपालिका जितेर कांग्रेसले सिन्धुपाल्चोकमा खाता खोलेको छ। कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पा अध्यक्षमा पुनः दोहोरिएका छन्।

शेर्पाले एमाले उम्मेदवार दावा लामालाई पराजित गरे। निकटतम प्रतिस्पर्धीभन्दा ७ सय ८३ मत ल्याएर शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ५ हजार ३ सय ८६ मत ल्याए। एमालेका लामाले ४ हजार ६ सय ३ मत पाए।

यहाँ ‘क्लिन स्विप’ माओवादी–एकीकृत समावजादी गठबन्धन निकै कम मत ल्याएर तेस्रो मात्र भयो। माओवादीबाट अध्ययक्षका उम्मेदवार पेमा लामाले ८ सय १३  र समाजवादीका उपाध्यक्ष उम्मेदवार सुजन पाख्रिनले एक सय मत मात्र प्राप्त गरे।

कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको हो। उपाध्यक्षमा अप्सरा लम्साल लामिछाने निर्वाचित भइन्। उनले निकटतम प्रतिस्पर्धी एमालेकी गंगा अर्याललाई ५ सय ४३ मतान्तरले  पराजित गरिन्। लामिछानेले ५ हजार २ सय १४ मत ल्याउँदा अर्यालले ४ हजार ६ सय ७१ भोट मात्र पाइन्।

सातवडा वडा रहेको यहाँ कांग्रेसले पाँच वडामा त्यानलसहित जित निकालेको छ। एमालेले दुईटा वडा जित्यो। कांग्रेसबाट वडा नं. १ मा दावाग्याल्जेन लामा, २ मा पेमा लामा ह्योल्मो, ४ मा बुद्धिमान तामाङ, ५ मा दीपकुमार तामाङ र ७ मा निलबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भए। त्यस्तै एमालेबाट वडा नं. ३ मा दीपक खड्का र ६ मा सञ्ज तामाङ वडाध्यक्ष विजयी भए। यहाँ काग्रेसले गाउँसभा र गाउँकार्यकारीमा बहुमत पुर्‍याएको छ।

हेलम्बु कांग्रेस बाहुल्य क्षेत्र हो। निर्वाचित शेर्पा दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष चुनिएका हुन्। उनी निवर्तमान अध्यक्ष पनि हुन्। २०७४ को स्थानीय निर्वाचनमा एमालेका पूर्वजिल्ला अध्यक्ष हस्त पण्डितलाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका थिए।

कांग्रेस महाधिवेशन प्रतिनिधि उनी २०६४ मा तत्कालीन क्षेत्र नं. ३ मा कांग्रेसबाट संविधानसभा सदस्य उम्मेदवार बनेर पराजित भएका थिए। उपाध्यक्ष निर्वाचित लामिछाने भने नयाँ अनुहार हुन्। उनी गाउँस्तरको कार्यकर्ता मात्रै छिन्।

प्रकाशित: २ जेष्ठ २०७९ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App