३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

प्रमुख र उपप्रमुख जित्नेमा कांग्रेस पहिलो, दोस्रो एमाले र तेस्रोमा माओवादी

स्थानीय निर्वाचनको मतगणना सुरु भएको आज तेस्रो दिन हो। देशभरबाट विभिन्न नगरपालिका र गाँउपालिकाका अन्तिम नतिजा आउने क्रम सुरु भएको छ।

सोमबार साँझसम्म प्राप्त अन्तिम नतिजाअनुसार मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्ष पद जित्नेमा सत्तारुढ गठबन्धन दलमध्येको ठूलो दल नेपाली कांग्रेस पहिलो र दोस्रोमा प्रमुख प्रतिपक्ष नेकपा एमाले छ। तेस्रोमा माओवादी केन्द्र देखिएको छ।  

नेपाली कांग्रेसले अहिलेसम्म ६५ पालिकामा मेयर/अध्यक्ष र ६८ पालिकामा उपमेयर÷उपाध्यक्ष पदमा जित हासिल गरेको छ भने नेकपा एमालेले मेयर÷अध्यक्षमा ५० र उपमेयर÷उपाध्यक्षमा ४६ पालिकामा जितेको छ।  

सत्तारुढ गठबन्धन भित्रको अर्को दल माओवादी केन्द्रले ३३ पालिकामा मेयर÷अध्यक्ष र २६ पालिकामा उपमेयर÷उपाध्यक्ष पदमा जित हासिल गरेको छ।  

यसैगरी सत्तारुढ गठबन्धनको अर्को दल नेकपा एकिकृत समाजवादीले २ पालिकामा मेयर/अध्यक्ष र ७ पालिकामा उपमेयर÷उपाध्यक्षमा जित हात पारेको छ।

मतगणना भइरहेका पालिकाहरुमा पनि दुवै पदमा कांग्रेस र एमालेकै अग्रता देखिन्छ। नेपाली कांग्रेसले २ सय ४८ पालिकामा मेयर/अध्यक्ष र २ सय १० पालिकामा उपमेयर/उपाध्यक्ष पदमा अग्रता लिइरहेको छ। एमालेले १ सय ३४ पालिकामा मेयर/अध्यक्ष र १ सय ६३ पालिकामा उपमेयर/उपाध्यक्ष पदमा अग्रता लिइरहेको छ।

यसैगरी  माओवादी केन्द्रले मेयर/अध्यक्ष पदमा ८३ पालिकामा र उपमेयर/उपाध्यक्ष पदमा १०२ स्थानमा अग्रता लिइरहेको छ।  

यसैगरी एकिकृत समाजवादीले मेयर/अध्यक्ष पदमा १८ पालिकामा र उपमेयर/उपाध्यक्ष पदमा १६ स्थानमा अग्रता लिइरहेको छ।  

जनता समाजवादी पार्टी (जसपा)ले मेयर/अध्यक्ष पदमा अहिलेसम्म कुनैपनि पालिकामा जित हात पार्न सकेको छैन। तर उपमेयर/उपाध्यक्ष पदमा २ पालिकामा जितेको छ। जसपाले प्रमुख पदमा २९ पालिकामा र उपप्रमुख पदमा २८ पालिकामा अग्रता लिइरहेको छ।  

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रमुख र उपप्रमुख दुवै पदमा अहिलेसम्म कुनैपनि पालिकामा जित हात पारेको छैन। तर प्रमुखमा १२ र उपप्रमुखमा ९ पालिकामा अग्रता लिइरहेको छ।  

यसैगरी प्रमुख र उपप्रमुखमा जित्ने अन्य दल र उम्मेदवारहरु पनि छन्। अन्य दलले प्रमुख पदमा ४ पालिकामा र उपप्रमुख पदमा पनि ४ पालिकामा जित हात पारेका छन भने २३ पालिकामा प्रमुख पदमा र १५ पालिकामा उपप्रमुख पदमा अग्रता लिइरहेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App