७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

भलिबलका उपाध्यक्ष गुरुङ वडाध्यक्षमा पराजित

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन्। 

नेकपा एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेको गुरुङ नेपाली काँग्रेसका उम्मेदवार नारायण पौडेलसँग पराजित भएका हुन्।

गुरुङले ५५७ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार पौडेलले ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफुलाई पार्टीभित्रैबाट अन्तरघात भएको प्रतिक्रिया दिए। 

उनले ४७ मत आफनै पार्टी(एमाले)को सबै सदस्य उम्मेदवारलाई दिएपनि वडाध्यक्षमा रुखमा मतदान भएको पाईएको भन्दै उनले पार्टीभित्रैबाट अन्तरघातको शिकार भएको बताए।

प्रकाशित: २ जेष्ठ २०७९ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App