४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

कास्की रुपा गाँउपालिकामा एमालेको प्यानल विजयी

कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्। उनले नेपाली काँग्रेसकी गीमाया गुरुङलाई १६१२ मतले पराजित गर्दै रुपा गाँउपालिकामा दोस्रो कार्यकालको जिम्मेवारी काँधमा लिएका हुन्। ओझाले ५हजार ७ सय ४९ मत ल्याउँदै विजयी हुदाँ उनका प्रत्यासी नेपाली काँग्रेसीकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन्।

उपाध्यक्षमा नेकपा एमालेकै लालसुब्बा गुरुङले काँग्रेसका नारायण श्रेष्ठलाई ११ सय ९९ सय मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। गुरुङले ५ हजार ३ सय ९२ मत पाउँदा काँग्रेसका श्रेष्ठले ४ हजार १ सय ९३ मत प्राप्त गरेका थिए। रुपा गाँउपालिकामा २०७४ को निर्वाचनमा पनि ओझाले नेपाली काँग्रेसका प्रकाश खनाललाई पराजित गरेका थिए।

रुपा गाँउपालिकामा ७ वटा वडा छन्। सात वडामा १ काँग्रेसले जित हासिल गर्दा बाँकी छ वटा वडामा भने नेकपा एमालेको प्यानलै विजयी भएको थियो। रुप गाँउपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ मत खसेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App