१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जनकपुरमा दल भन्दा स्वतन्त्र उम्मेदवारकाे अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारकाे अग्रता रहेको छ। 

पाँच दलीय गठबन्धनको निर्णयअनुसार (जसपा) का निवर्तमान मेयर लाल किशोरलाई उम्मेदवार बनाएपछि कांग्रेसबाट अलग भइ मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज कुमार शाह भन्दा पाँच दलीय गठबन्धनका साझा सहित अन्य दलका उम्मेदवार धेरै पछाडि परेका छन।

निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार मनोज साहको चुनाव चिन्ह (घण्टाघर) मा २६ सय ३६ मत प्राप्त गरेकाे छ। उनलाई एमालेका उम्मेदवार शिवशंकर साह हिराले १० सय ४९ मत ल्याएर पछ्याइरहेको छ।

त्यस्तै जसपाको तर्फबाट गठबन्धनका साझा उम्मेदवार लाल किशोर साहले २ सय ४५ मत ल्याएका छन। (लोसपा) बाट मनोज चौधरीले ३ सय ११ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारी दिइ चुनाव चिन्ह आँप पाएका बलराम महतोले ६ सय ६२ मत पाएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App