इलामका १० पालिकाका ८१ वडामध्ये आज (सोमबार) बिहानसम्म ३२ वटा वडाको मतगणना नतिजा बाहिर आएको छ। यी वडामध्ये १४ वडाको वडाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ भने १२ वटामा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्।
नेकपा (माओवादी केन्द्र)ले २ वटा वडाको अध्यक्ष जितेको छ भने राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र उम्मेदवारले १–१ वटा वडाको अध्यक्ष जितेका छन्।
माइजोगमाई गाउँपालिकाको वडा १ मा गणना सकिएपनि एमाले र कांग्रेसका वडाध्यक्षका उम्मेदवारको बराबर मत आएपछि मत परिणाम घोषणा हुन सकेको छैन। माङ्सेबुङ गाउँपालिकाको सबै नतिजा आएको छ भने बाँकी ९ वटा पालिकामा मतगणना जारी छ।
इलाम जिल्लाका ३२ वटा वडामा सोमबार बिहानसम्मको विजेताको अवस्थाः
१. माङ्सेबुङ १ मा माओवादी वडाध्यक्ष, मिश्रित प्यानल विजयी
२. माङ्सेबुङ २ मा एमालेको प्यानल विजयी
३. माङ्सेबुङ ३ को वडाध्यक्षमा माओवादी, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी
४. माङ्सेबुङ ४ मा नेकपा (एमाले)को प्यानल विजयी
५. माङ्सेबुङ ५ मा राजमुपाको प्यानल विजयी
६. माङ्सेबुङ ६ मा एमालेको प्यानल विजयी
७. इलाम १ मा वडाध्यक्ष नेका, ३ सदस्य नेका, १ सदस्य एमाले
८. इलाम नपा २ मा एमालेको प्यानल विजयी
९. इनपा ३ मा वडाध्यक्ष एमाले, चार सदस्य कांग्रेस विजयी
१०. इलाम ४ मा कांग्रेसको प्यानल विजयी
११. इलाम ११ को वडाध्यक्ष र २ सदस्य एमाले, २ सदस्य कांग्रेस विजयी
१२. इलाम नपा १२ मा गठबन्धन प्यानल विजयी
१३.माई ८ मा एमालेको प्यानल विजयी
१४. माई ९ मा एमालेको प्यानल विजयी
१५. माई १० मा एमालेको प्यानल विजयी
१६. माइजोगमाई २ मा गठबन्धनको प्यानल विजयी
१७. माइजोगमाई ३ मा गठबन्धन प्यानल प्यानल विजयी
१८. माइजोगमाई ४ मा एमालेको प्यानल विजयी
१९. देउमाई १ मा एमालेको प्यानल विजयी
२०. देउमाई २ मा एमालेको प्यानल नै विजयी
२१. फाकफोकथुम १ मा कांग्रेसको प्यानल विजयी
२२. फाकफोकथुम २ मा कांग्रेसका वडाध्यक्ष र ३ सदस्य, एमालेका १ सदस्य विजयी
२३. सूर्याेदय १ मा कांग्रेसको प्यानल विजयी
२४. सूर्याेदय २ मा वडाध्यक्षसहित ४ जना एमाले, एक सदस्य कांग्रेस विजयी
२५.चुुलाचुली १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल विजयी
२६.चुलाचुली ५ मा वडाध्यक्ष र ३ सदस्य कांग्रेस,२ सदस्य एमाले विजयी
२७. चुुलाचुली ६ को वडाध्यक्ष र २ सदस्य कांग्रेस,२ सदस्य एमाले विजयी
२८.रोङ १ को वडाध्यक्षमा कांग्रेस, दलित महिलामा एमाले विजयी
२९. रोङ २ मा वडाध्यक्ष स्वतन्त्र, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी
३०. सन्दकपुर १ मा नेकपा (एमाले)को प्यानल विजयी
३१. सन्दकपुर २ मा नेकपा (एस)का वडाध्यक्ष, एमालेका ४ सदस्य विजयी
३२. सन्दकपुर ३ को वडाध्यक्ष र दुई सदस्य कांग्रेस, एक सदस्य माओवादी, एक सदस्य नेकपा (एस)
प्रकाशित: २ जेष्ठ २०७९ ०५:३९ सोमबार





