८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

लेकम गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी

दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी नेता रामदत्त जोशी अध्यक्षमा विजयी भएका छन्। 

एमाले नेता परमानन्द जोशीलाई पराजित गर्दै रामदत्त जोशी लेकम गाउँपालिका अध्यक्षमा निर्वाचित हुन् भने उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार कांग्रेश नेतृ सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी भएकी छन्। 

लेकमको अध्यक्षमा विजयी रामदत्त जोशीले दुई हजार ९७६ मत प्राप्त गर्दा एमालेका परमानन्द जोशीले दुई हजार ४४५ मत प्राप्त गरेका छन। जोशी ५३१ मतान्तरले विजयी हुनुभएको छ।  

यस्तै उपाध्यक्षमा विजयी नेकपा एमालेका माधवी जोशीले दुई हजार ६८५ मत प्राप्त गर्दा कांग्रेशका सुना जोशीले दुई हजार ५५४ मत प्राप्त गरेकी छन्। एमालेका माधवी जोशी १३१ मतान्तरले विजयी भएका छन्। 

गठबन्धनलाई पराजित गर्दै वडा नम्बर १, ३, ५ र ६ मा नेकपा एमालेले वडामा जित हासिल गरेको छ। वडा नम्बर २ र ४ मा नेपाली कांग्रेसले  विजय भएको छ। अध्यक्षमा पराजित जोशी निवर्तमान गाउंपालिका अध्यक्ष तथा विजयी जोशी २०७४ सालको स्थानीय तह निर्वाचनका समेत प्रतिस्पर्धी समेत हुन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App